८८ हजारले लगाए कोभिडविरुद्धको खोप



काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आइतबार पाँचौँ दिन ८८ हजार सात जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नम्बर १ मा १२ हजार ७६३, प्रदेश नम्बर २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।

मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिश पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिशिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताए । खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उनले जानकारी दिए ।

उनका अनुसार ती सामान्य असरमा खोप लगाएको ठाउँमा दुख्ने र सामान्य सुन्निने, टाउको दुख्ने, अल्छी लाग्ने, जीउ दुख्ने, जोर्नी सामान्य दुख्ने, शरीर चिसो भएको महसुस गर्ने र सामान्य ज्वरो तथा वाकवाकी लाग्ने सामान्य असर देखिएको छ । उनले त्यस्ता असर देखिए पनि यी सबै केही समयपछि ठीक भएका जानकारी दिनुभयो । मन्त्रालयले कुनै त्यस्तो समस्या देखिए औषधिको व्यवस्थापनसहितको समूह राखिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुलुगाई मारेको आरोपमा मनाङमा तीन पक्राउ

मनाङ । मनाङमा लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

सर्लाहीमा आगलागीबाट दुई घर र दुई फार्म जलेर नष्ट

बरहथवा (सर्लाही) सर्लाही जिल्लाका दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र दुई

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना

गण्डकी गाउँपालिकामा ‘अशक्तको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम’

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा