तीन दिनमा ४६ हजार भन्दा बढीले लगाए कोभिडविरुद्धको खोप



काठमाडौं । शुक्रबारसम्म देशभर ४६ हजार बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको तेश्रो दिनसम्म ४६ हजार १ सय ९७ जनाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सबैभन्दा बढी खोप लगाउनेमा वाग्मती प्रदेशमा छन् । वाग्मतीमा आजसम्म १५ हजार ६ सय ४१ जनाले खोप लगाएका छन् भने सबैभन्दा कम प्रदेश नम्बर १ मा ७ हजार ३ सय ६९ जनाले खोप लगाएका छन् ।

त्यस्तै प्रदेश नम्बर २ मा आजसम्म ४ हजार ६ सय ५०, गण्डकी प्रदेशमा ७ हजार १ सय ५३, लुम्बिनी प्रदेशमा ४ हजार ६ सय ३५, कर्णाली प्रदेशमा २ हजार ९ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७ सय ८३ जनाले खोप लगाएका छन् । पहिलो चरणको खोपको प्राथमिकतामा सरकारले स्वास्थ्यकर्मीहरू, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक तथा चालकहरू, एम्बुलेन्स तथा शववाहन चालक तथा सहचालकहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयं सेवकहरूलाई राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रातो मच्छिन्द्रनाथको रथारोहणपछिको हर्ष बढाइँ(फोटोफिचर)

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार रथारोहण गरिएको छ ।

मधेश प्रदेशमा आगलागीबाट १९ जनाको मृत्यु

जनकपुरधाम । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको

नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसदमा प्रस्तुत हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १ गते