दोस्रो दिन २८ हजारले लगाए कोभिडविरुद्धको खोप



काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो दिन बिहीबार २८ हजार ७३२ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७७ जिल्लामा अहिले बेलुका ५ बजेसम्म २८ हजार ७३२ जनाले खोप लगाएका छन् । उनका अनुसार प्रदेश नं १ मा तीन हजार ८४७, प्रदेश नं २ मा दुई हजार १७४, वाग्मती प्रदेशमा ११ हजार ४६१, गण्डकी प्रदेशमा चार हजार ८५३, लुम्बिनी प्रदेशमा दुई हजार ३०३, कर्णाली प्रदेशमा एक हजार ६७७ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ४१७ जना रहेका छन् ।

उनले बिहीबारसम्म खोप लगाएका व्यक्तिमा कुनै समस्या नदेखिएको जानकारी दिए। मन्त्रालयले पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप लगाउन निर्णय गरेअनुसार व्यवस्थापन गर्न खोप समन्वय, अनुगमन तथा व्यवस्थापन केन्द्रलाई निर्देशनसमेत दिएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शवबाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्र खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तरराष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले पाउने छन् ।

खोपको मात्रा ०.५ मिलिलिटर (मिली) प्रदान गरिनेछ । त्यसपछि पहिलो खोप लगाएको चार हप्तापछि अर्को मात्राको खोप दिइनेछ । खोप देब्रे पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री कोण बनाएर (मासुभित्र) दिइनेछ । भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप बुधबारदेखि देशभरी नै दिइन थालिएको छ । खोप सातवटै प्रदेशका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल, १२० भन्दाबढी खोप केन्द्र र ७७ जिल्लाका ३०० वटा खोपकेन्द्रमार्फत खोप प्रदान गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रातो मच्छिन्द्रनाथको रथारोहणपछिको हर्ष बढाइँ(फोटोफिचर)

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार रथारोहण गरिएको छ ।

मधेश प्रदेशमा आगलागीबाट १९ जनाको मृत्यु

जनकपुरधाम । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको

नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ