नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो



काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६९४५० पुगेको छ ।

त्यसैगरी आइतबार थप ४०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६४१३७ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप सात जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २००१ पुगेको छ । क्वारेन्टाइनमा १४५ जना छन् भने आइसोलेसनमा ३३१२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फर्निचर उद्योगमा आगलागी हुँदा ४५ लाख रुपैयाँ बराबरको क्षति

चितवन । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ ।

वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न शुक्रबार साँझ

मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्छः महासचिव विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महासचिव विप्लवले सरकार र आफूहरुबीच भएको

म्यान्मारमा भएको सैनिक दमनको विरोधमा नागरिक अगुवाहरुको प्रदर्शन

काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरुले प्रदर्शन गरेका छन्