लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँच जनाविरुद्ध तीन करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनीयर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा सोही निर्माण कम्पनीका प्रतिनिधि सन्तोष प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

ग्याबिन तार जालीमा घोटाला भएको पाइएको भन्दै छानबिन गर्दा अनियमितता भएको पाइएपछि आयोगले गरेको छानबिनमा तीन करोड ६५ लाख नौ हजार ४५६ रुपैयाँ बराबरको बदमासी भेटिएको हो । आयोगले आरोपी सबैलाई बिगोअनुसारको कारबाहीको माग दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किरिया बसेकै अवस्थामा कार्यालयको काम गर्ने लेखा अधिकृत

लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्

मुगुमा यार्सागुम्बा लुट्ने समूहका तीन जना पक्राउ

मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ

बाढी पहिरोमा परी ४८ जनाको मृत्यु, ५४ घाइते

  काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी पहिरोलगायतका विपदमा परी हालसम्म ४८

चितवनको दियालो बङ्गला आमनागरिकका लागि खुला

चितवन । चितवनको भरतपुरमा रहेको दियालो बङ्गला आइतबारबाट सबैका लागि खुला गरिएको छ