नक्कली भ्याट बिल प्रयोग गरेको अभियोगमा तीन फर्ममाथि मुद्दा



काठमाडौं । राजश्व अनुसन्धान विभागले झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करविजक प्रयोग गरी ठगी गरेको अभियोगमा विभिन्न तीन फर्ममाथि २० करोड बराबरको बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ ।

विभागका अनुसार उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा एक मुद्दा दायर गरिएको छ । विभागले सञ्चालक किशोर चौधरीविरुद्ध दुई करोड १४ लाख ३० हजार २३८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी घर भएका शिवम प्याकेजिङका सञ्चालक सीतादेवी जयसवालविरुद्ध पाँच करोड ८८ लाख ६५ हजार ९१९ र कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीको जय श्री गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीविरुद्ध पाँच करोड ३२ लाख १६ हजार १८८ मुद्दा दायर गरिएको छ ।

उनीहरु विरुद्ध १३ करोड ३५ लाख १२ हजार ३४५ बिगो असुली गर्न माग गरिएको छ । यस्तै शिवम टेडर्स एण्ड सप्लायर्सका सञ्चालक जगदिश सहनीविरुद्ध चार करोड ७९ लाख ६९ हजार ४४७ बराबरको बिगो दाबी गरिएको छ ।

अनुस्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिम्लसिनाविरुद्ध एक करारेड ८२ लाख ५३ हजार ४६१ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी

बङ्गलादेशमा नेपालको पर्यटन प्रवर्द्धन

काठमाडौँ । बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक नेपाल भित्राउने उद्देश्यले त्यहाँ नेपालको पर्यटन प्रवर्द्धन

किरिया बसेकै अवस्थामा कार्यालयको काम गर्ने लेखा अधिकृत

लमजुङ । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन्

मुगुमा यार्सागुम्बा लुट्ने समूहका तीन जना पक्राउ

मुगु । गाउँमा यार्सालगायत सामान लुट्ने समूहका तीन जनालाई हतियारसहित पक्राउ गरिएको छ