सांसद राईद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार



काठमाडौ ।  सत्तारुढ नेकपाकी प्रदेशसभा सदस्य उषाकला राईले प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेकी छिन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत् केन्द्रीय कमिटी सदस्य फिर्ता गरेको जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन्, ‘यो कम्युनिस्ट आनदोलनमा म लागेको पनि चार दशक भएको छ तर पद र पैसा केही होईन जनताको दुई पैसा खाईन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छँदैछ । सबै प्रकारका गलत कुराहरु मुख्य गरेर भ्रस्टाचार अन्त्य गर्ने र  समृद्धिको मुद्दाहरू अगाडि बढाई रहेका थियौं । तर आज त्यो अलपत्र परेको छ। यो बीचको विकसित राजनीतिक परिघटनामा सम्माननीय प्रधानमन्त्री केपी कमरेडले मलाई पत्याएर केन्द्रीय कमिटी जस्तो उच्च ओहोदामा राख्नु भएकोमा हृदयबाट कृतज्ञ जाहेर गर्दछु । तर मेरा ज्ञानोभावले उक्त पदमा रहेर जिम्मेवारी सम्हाल्न म असमर्थ महशुस भएको छ त्यसकारण बिनम्रताका साथ उक्त केन्द्रीय कमिटी सदस्य म नरहेको  सबैमा अनुरोध गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा