रगत बगाएर जोगाएको सीमामा विदेशी र दलालीसँग साँठगाँठ गरेर हस्तक्षेप हुन थाल्योः पूर्वप्रधानसेनापति कटवाल



काठमाडौं । सुरक्षा निकायमा लामो समय काम गरेर अवकाश पाएकाहरुले पूर्वसुरक्षाकर्मी परिषद् गठन गरेका छन् । नेपाली सेनामा लामो समय काम गरेर अवकाश पाएका केवी राउतको संयोजकत्वमा परिषद् गठन गरिएको हो । परिषद्मा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरी, भारतीय सेना तथा बेलायती सेनामा काम गरेकाहरुले संयुक्त रुपमा सहभागिता रहेको छ । काठमाडौंमा शनिबार आयोजित परिषद्को उद्घाटन गर्दै नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले अहिले देशको सीमा र स्वाधीनतामाथी ठूलो प्रहार भइरहेको बताए । भारत र चीनसहित विश्वका शक्तिशाली मुलुकबाट नेपाललाई साइलेन्ट आक्रमण भइरहेको भन्दै यसको रक्षाका लागि सबै लागिपर्न कटवालले आग्रह गरे ।

रगत बगाएर जोगाएको सीमामा विदेशी र दलालीसँग साँठगाँठ गरेर हस्तक्षेप हुन थालेको भन्दै उनले सबै सचेत बन्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले सुरक्षाकर्मीकै कारण मुलुकको सुरक्षा भएको भन्दै अब एकजुट भएर अगाडि बढ्न आग्रह गरे । हारेर थाकेको नभई उमेरले अवकाश पाएको भन्दै धेरै ज्ञान र क्षमता सुरक्षाको विषयमा भएकाले राज्यले चिन्न सक्नुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले दलाली र चाकडी गरेर पदमा पुगेकाहरुले मुलुकमा हित र संगठनमा काम गर्न नसक्ने पुष्टि भएको भन्दै यस्ता प्रवृत्तिविरुद्ध उत्रिन सबैमा आग्रह गरे। रगतका धर्साले सीमा जोगाएको, कर्तव्य पालनाका लागि लड्दा घाइते र अपाड्गसहित शहिदसम्म भएको उदाहरण दिँदै उनले अब सुरक्षाकर्मीहरु एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ, पूर्वसहायक रथी डा प्रेमसिंह बस्नेतलगायतले बन्दुक र गोली चलाउनेहरु आदेश पालनामात्रै होइन‚ विवेकशील र सचेत भएको सन्देश दिन परिषद् गठन गरिएको बताए। परिषद्ले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै नागरिक समाजको भूमिका निर्वाह गर्दै अग्रणी संस्था बनाउने परिषद्का अध्यक्ष राउतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनकपुरको एक होटलमा महिला र पुरुष मृत फेला

  जनकपुर ।  जनकपुरको एक होटलमा मंगलबार दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका

आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार