कविहरुले कवितामार्फत गरे उखु किसानको आन्दोलनमा समर्थन



काठमाडौँ । बक्यौता रकम उठाउनका लागि आन्दोलनरत उखु किसानको समर्थनमा कविहरूको प्रतिनिधित्व गर्दै कविहरुले माइतीघर मन्डलामा कविता वाचन गरेका छन् । १२ जना कविहरूले विभिन्न शीर्षकमा रही किसान, कृषीजीवी, मजदूर एवं आन्दोलनरत उखु कृषकका पक्षधरता लिँदै कविता वाचन गरेका हुन् ।

कविता वाचन कार्यक्रममा आन्दोलनरत किसानहरूले पनि आ आफ्ना कविताहरू सुनाएका थिए। नवलपरासीका राजकुमार राजवरी, सर्लाहीका हरिशरण लगायतले आन्दोलनस्थमा कविताका माध्यमबाट आफ्ना मागको सम्बोधन हुनुपर्ने भावार्थका कविताहरू वाचन गरेका हुन् । आन्दोलरत उखु किसानसँग ऐक्यबद्धता जनाउदै कविहरू पवन ढुंगाना, सुष्मा तिमिल्सिना, रसिक राज, सुरज पराजुली, अन्शु खनाल, सारस चरी, राजु झल्लु प्रसाद, देव व्रत, असिम सागरले कविता वाचन गरेका हुन् ।

गत वर्ष पुस १८ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको रोहबरमा आन्दोलनरत किसान र सरकारबीच लिखित सम्झौता नै भएको थियो। सोही सम्झौताका भरमा किसानलाई राजधानीमा भइरहेको विभिन्न चरणको आन्दोलन स्थगित गर्न लगाइएको थियो।

सरकारले माघ ७ भित्रमा सम्पूर्ण बक्यौता रकम उपलब्ध गराइदिने लिखित सम्झौता गरेपछि किसानले पनि विश्वास गरी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका थिए । तर उनीहरुले सबै भुक्तानी पाएनन्, सरकारले तोकेको अवधिसम्म जम्मा १६ करोड १४ लाख रुपैयाँ मात्र पाए। किसानले अझै उद्योगहरूबाट करिब एक अर्बको हाराहारीमा पुरानो रकम लिन बाँकी रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

अवैध भरुवा बन्दुकसहित मकवानपुरबाट एकजना पक्राउ

हेटौंडा ।  अवैध भरुवा बन्दुकसहित प्रहरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का ६० वर्षीय साङ

करेन्ट लागेर खोटाङमा एकजनाको मृत्यु, एक घाइते

खोटाङ । करेन्ट लागेर गम्भीर घाइते भएका खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीस्थित सेगेलेमका ५३