खुमलटारमा प्रधानमन्त्री ओली र प्रचण्डबीचको भेटमा वामदेव पनि सहभागी



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ । पार्टीमा आन्तरिक विवाद बढिरहेका बेला शनिबार बिहान प्रचण्डलाई भेट्न प्रधानमन्त्री ओली खुमलटार पुगेका थिए । प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच एकघण्टा भन्दा बढी छलफल भएको थियो ।

प्रचण्ड र ओलीबीच छलफल भइरहेकै बेला पार्टी उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए । भेटपछि प्रधानमन्त्री ओली र गौतम खुमलटारबाट फर्किइसकेका छन् । त्यहाँबाट प्रधानमन्त्री ओली गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्री निवास पुल्चोक गएका छन् । प्रधानन्त्री खुमलटारबाट निस्किएपछि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल खुमलटार पुगेका छन् ।

पार्टीमा आन्तरिक विवाद बढिरहेका बेला नेताहरु प्रचण्डलाई भेट्न खुमलटार जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न उनकै निवास गएका हुन् । शुक्रबार मात्रै दाहाल–नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन

 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

बेलायतलाई नेपालमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । आगामी वैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउने

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि