कोरोना संक्रमणबाट प्रदेश एकमा थप पाँच जनाको मृत्यु



विराटनगर । मोरङमा पछिल्लो १२ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी थप पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन जना, मोरङको बुढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा एक र मोरङको उर्लाबारीस्थित होम आइसोलसनमा एक जनाको मृत्यु भएको छ । सङ्क्रमणबाट मृत्यु हुनेमा चार महिलासहित पाँच रहेका छन् ।

नोबेल शिक्षण अस्पतालमा झापाको गौरादह–२ की ४९ वर्षीया सङ्क्रमित महिलाको आज मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतकलाई यही कात्तिक ४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै सोही अस्पतालमा सुनसरी इटहरी–३ की ४० वर्षीया महिलाको आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक २६ गते उपचारका लागि भर्ना गरिएको र सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको दाहालले बताए । मोरङको रङ्गेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि आज मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका थियो ।

यसैगरी मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा झापाको दमक–६ की ४२ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । ती महिलालाई यही कात्तिक २६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको र सोही दिन पोजेटिभ देखिएको थियो ।

यस्तै मोरङको उर्लाबारी–८ की ४५ वर्षीया सङ्क्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । ती महिलालाई यही कात्तिक १५ गते कोरोना सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मृतकहरुलाई, रुघा, खोकी, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या र बान्ता आउनेलगायत समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी

सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक : एमाले

काठमाडौँ । सत्तारुढ नेकपा नेताहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, भोलि फैसला आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनले