क्षत्रपाटी निःशुल्क चिकित्सालयमा काठमाडौं महानगरले लिफ्ट जडान गरिदिने



काठमाडौँ । क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा काठमाडौं महानगरपालिकाले लिफ्ट जडान गरिदिने भएको छ । करीब ३० लाख रुपैयाँको लागतमा लिफ्ट जडान गर्न काठमाडौं महानगर र चिकित्सालयबीच सम्झौता भएको छ । महानगरका मेयर बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहबरमा भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापा र चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यसको लागत करीब तीस लाख रुपैयाँ हुने अनुमान गरिएको छ । यो रकम महानगरले चिकित्सालयलाई अनुदान स्वरुपय उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि बोल्दै मेयर शाक्यले काठमाडौंमा ठूला र विशेषज्ञ सेवा दिने अस्पतालकाबीच भित्री सहरी क्षेत्रका स्थानीयलाई सेवा दिने लक्ष्य राखेर सञ्चालनमा रहेको चिकित्सालयको छुट्टै पहिचान भएको उल्लेख गरे । ‘चिकित्सालयको सेवा विस्तार र सुधारका लागि काठमाडौं महानगरले सहयोग उपलब्ध गराउने छ । मेयर शाक्यले भने — ‘सहयोग सेवामा रुपान्तरण हुने निश्चित भएपछि हामी आर्थिक सहयोग उपलब्ध गराउँछौं । जति सहयोग आयो त्यतिको काम गर्ने बाँकी योजना अधुरो छाड्ने हो भने सहयोगको अर्थ लाग्दैन । त्यसैले थप सेवा विस्तार र चिकित्सालयको उन्नतिका लागि जनताको पनि अपनत्व महसुस गराउन जनसहभागिता पनि जुटाऔं । महानगरले पनि थप आर्थिक सहयोग उपलब्ध गराउँछ ।’

चिकित्सालयको नयाँ भवन निर्माणका लागि महानगरले चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
हामी ३ सय जना विरामीलाई दैनिक रुपमा ओपिडीमार्फत स्वास्थ्य सेवा दिइरहेका छौं । नाक, कान घाँटी, दन्त सेवा, मुटु रोगलगायत जटिल खालका रोगमा बिशेषज्ञ सेवा दिइरहेका छौं । सम्झौतापछि बोल्दै चिकित्सालयका अध्यक्ष डाक्टर श्रेष्ठले भने, ‘सिटी—कोर’का नागरिकलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । यो सेवा भावबाट सञ्चालन भएको चिकित्सालय हो । यसको विस्तारका लागि महानगरबाट प्राप्त सहयोगबाट हामीलाई अगाडि बढ्न ठूलो र्हौसला प्राप्त भएको छ ।

२०१३ सालमा स्थापनाको चिकित्सालय अहिले २५ शैयाको छ । ती बेडहरु माथिल्लो तलामा भएकोले सेवा कठिन भएको थियो । यस अवस्थामा महानगरले लिफ्ट जडान गरिदिने भएपछि सेवा सहज हुने अपेक्षा गरिएको छ ।

चिकित्सालयले करीब ३५ करोड रुपैयाँको लगानीमा भूमिगत २ तलासहित १० तले भवन बनाउने योजना कार्यान्वयन चरणमा पुर्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?

-नारायण गाउँले । देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न

झापाको हल्दीबारीमा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

भद्रपुर । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला

चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास