मोरङ र सप्तरीका गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेका मोरङका ५९ वर्षीय एक पुरुष र सप्तरीका दुई जना रहेका छन् ।

कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका मोरङका पुरुषमा उच्च रक्तचाप र मुटु रोग रहेको अस्पतालले जनाएको छ । त्यस्तै, राजविराज– १ सप्तरीकी २३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको उनमा रक्त अल्पतालगायतको समस्या रहेको थियो ।

त्यसैगरी राजविराज– ८ सप्तरीका अर्का एक पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ। ६५ वर्षीय पुरुषमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर चोरी

जनकपुरधाम । सिँचाइका लागि महोत्तरी र धनुषाका किसानले जडान गरेका आठवटा डिपट्युवेलका ट्रान्सफर्मर

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौँ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै

संसदको अवरोध हटाउने उपाय खोज्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ

तस्बिरमा हेर्नुस् महभिरमा महसिकार

म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरियाको महभिरमा महसिकारको तयारी गर्दै महसिकारीहरु । डोरीको सहायताले भिरमा