टेकु अस्पतालले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिने



काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ ।

अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम नलिन शै्यया र काउण्डरमा पत्राचार गरिएको बताए ।

यसअघि अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्दा २० देखि ५० हजार रुपैयाँसम्म धरौटी राख्नुपर्ने बताएको थियो । अस्पतालले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशनअनुसार नै शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीले निःशुल्क उपचार गर्ने नीति लिइएको उल्लेख गरेको छ ।

उनले अस्पतालमा भर्ना भएका बिरामीका लागि खाना, अस्पतालमा निःशुल्क रुपमा उपलब्ध औषधि तथा प्रयोगशाला र अन्य उपलब्ध परीक्षणहरु निःशुल्क रुपमा व्यवस्था गरिँदै आएको समेत जानकारी दिए ।

सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपाङ्गता, ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीका मात्र निःशुल्क परीक्षण र उपचार खर्च व्यहोर्ने भएको हो ।

अस्पतालका निर्देशक डा. राजभण्डारीले विनाशुल्क कोभिड–१९ का सङ्क्रमितको उपचार नै नगरिने भन्ने दुष्प्रचार र भ्रमबाट मुक्त हुँदै आवश्यक परेका बेला अस्पतालले निःशुल्क रुपमा सङ्क्रमितको उपचार गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै गर्दा फरार भएका अभियुक्त पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट फरार भएका निशान परियार पुनः पक्राउ

बालकुमारीबाट १६८ थान मोबाइलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौँको बालकुमारीबाट प्रहरीले १६८ थान मोबाइलसहित प्रहरीेले दुई जनालाई पक्राउ गरेको