पूर्वी नवलपरासीमा होम आइसोलेसनमा बसेका दुई जना कोरोना संक्रमितको मृत्यु
नवलपरासी । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट होम आइसोलेसनमा रहेका दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंका अनुसार कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुषको होम आइसोलेसनमा शनिबार मृत्यु भएको हो ।
त्यसैगरी गैंडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । उनीहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने जनाइएको छ ।