डा. केसीले सत्याग्रहमार्फत जनताका माग उठाएका हुन्ः पूर्वराष्ट्रपति यादव



काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

शुक्रबार विश्व अहिंसा दिवसको अवसर पारेर यादवले केसीलाई भेट्दै उनको मागमा ऐक्यबद्धता समेत जनाए । डा केसीसँगको भेटपछि पूर्वराष्ट्रपति यादवले केसीले सत्याग्रहमार्फत जनताका माग उठाएकाले सरकारले वार्तामार्फत समस्या समाधान गर्नुपर्ने बताए ।

डा. केसीले प्राणकै आहुति दिन तयार भई जनताको माग उठाएको भएको भन्दै सरकारले पनि वार्तामार्फत नै यसको समस्या समाधानका लागि पहल गर्नुपर्ने यादवले बताए ।

केसीको मागलाई सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै ऐक्यबद्धता जनाउन विगतमा पनि आएको र अहिंसा दिवसको संयोग परेको पनि यादवको भनाई थियो । उनले केसीको हेरचाह गर्नेदेखि उपचार गर्ने सबैको प्रशंसा गर्दै सरकारलाई गम्भीर भएर सोच्न पनि आग्रह गरे । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै डा केसी अनशनमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बैतडीका भगवती मन्दिरमा जात्रा सम्पन्न, एक हजार पशुबलि चढाइयो

बैतडी । बैतडीका विभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्रा सम्पन्न भएको छ । यहाँका

पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

कास्की  । जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको

पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई

बाढीपहिरोले अधिक मानवीय तथा संरचनामा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन