बलात्कारीलाई फाँसीको सजाय माग गर्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गर्नेलाई कारवाहीको माग गर्दै आइतबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

आइतबार संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका थिए । उनीहरुले पीडितलाई न्याय दिन र अपराधीलाई उन्मुक्ती नदिन सरकारसमक्ष माग राखेका छन् ।

उनीहरुले यस्ता घटनाहरु पटक पटक दोहरिएपनि कमजोर कानून भएका कारण दोषीहरुले उन्मुक्ति पाउने गरेको भन्दै कडा कानून नवनाएसम्म घटनाहरुमा कमी नआउने बताए ।

विरोधमा सहभागी कांग्रेस सांसद मीन विश्वकर्माले कानून कार्यान्वयनको फितलोपनाका कारण घटना बढिरहेको बताए । उनले राजीनीतिक प्रभावमा नै हिंसा सम्बन्धी कानूनलाई कमजोर बनाएको आरोप लगाए ।

प्रहरी प्रशासन व्यवसायीक धर्मबाट बिचलित भएका कारण अपराधीहरुले उन्मुक्ति पाउने गरेको उनको भनाई थियो । यस्तै उक्त घटनाको बिरोधमा कांग्रेसको केन्द्रीय महिला बिभागले पनि सुतिरहेको सरकारलाई झक्झकाउन भन्दै सडक वहसको आयोजना गरेको थियो ।

नेपाली समाज महिलाका निम्ति असुरक्षित बन्दै गएको भन्दै सडक बहसमा सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए । सडक बहसमा पुगेकी नेकपाकी सांसद रामकुमारी झाक्रीले प्रहरी प्रशासनको प्रभावकारीताको समीक्षा गर्न जरुरी रहेको बताइन् ।

उनले मुलुकका ग्रामीण क्षेत्रमा राज्यको उपस्थिति नदेखिएकाले महिला हिंसा सम्बन्धी घटना दोहरिएको जिकिर गरिन् । असोज ७ गते बुधबार साँझ गाईबस्तुलाई घाँस हाल्न गएकी बझाङको मस्टा गाउँपालिका २ की सम्झना विक मृत फेला परेकी थिइन् ।

उनको शव निर्वस्त्र अवस्थामा स्थानीय सिमदेवता मन्दिरमा भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य