नेपाली सेनाले थाल्यो ‘नेतृत्व सम्वाद’ : पद्धति र प्रणालीमा आधारित सक्षम सङ्गठन बनाउने उद्देश्य



काठमाडौं । नेपाली सेनाले पद्धति र प्रणालीमा आधारित सक्षम सङ्गठनका रुपमा स्थापित गर्दै लैजान उद्देश्यले यस वर्षको नेतृत्व सम्वाद कार्यक्रम शुरु गरेको छ । कार्यक्रममा प्रधानसेनापतिको प्रत्यक्ष कमाण्डमा रहेका कार्यालय, विभाग, निर्देशनालय, आठवटै पृतनाका पृतनापति एवं प्रधानसेनापति कार्यालयका स्टाफ सहभागी रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

देश र जनता, सङ्गठन, मातहतका फौज र आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउने हेतुले २०७५ सालदेखि सेनाले यो कार्यक्रम शुरु गरेको हो ।

यो सम्वादमा सहभागीले मातहतका अधिकृत, पदिक तथा अन्य दर्जासँग तहगत र क्रमिक रुपमा मुलुकभर नै आगामी चैत्रभित्र सम्पन्न हुने गरी सञ्चालन हुनेछ । विगतमा कमाण्डर, स्टाफ र फौजबीचमा प्रत्यक्ष सम्वाद गरिंदै आएकामा यसवर्ष भने कोभिड–१९ सङ्क्रमणको ख्यालगरी भर्चुअलमार्फत सञ्चालन कार्यक्रम भएको छ । ‘सिपाहीको योगदान : राष्ट्र र राष्ट्रवासीको उत्थान’ मूल सन्देशसहित आयोजित सो कार्यक्रमको प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले शुक्रबार शुभारम्भ गरेका हुन् ।

यसवर्ष ‘सैनिक तालिमः वृत्ति विकास र पदोन्नतिको लागि हो कि दक्षता र क्षमता अभिवृद्धिको लागि’ ‘योगदान र प्रतिफलः कुन बढी महत्वपूर्ण–मैले नेपाली सेनालाई के दिएँ कि नेपाली सेनाले मलाई के दियो’ तथा ‘व्यक्तिगत र व्यावसायिक सम्बन्धः कर्तव्य परायणता र वफादारिता संस्थाप्रति कि व्यक्तिप्रति’ विषयमा नेतृत्व संवाद कार्यक्रम सञ्चालन हुनेछ ।

सेनामा विद्यमान विभिन्न अभ्यास र प्रवृत्ति सम्बन्धमा सबै तहमा खुला छलफल गरी सङ्गठनहित विपरीतका गतिविधि हटाउँदै नेतृत्वलगायत सकल दर्जामा सैनिक आचरण, अनुशासन, मूल्यमान्यता र नैतिकतामा थप विकास गर्ने लक्ष्यले यो कार्यक्रम शुरु गरिएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

अनुशासित, क्षमतावान, चरित्रवान एवं निष्ठावान सैनिक व्यक्ति, स्थायी र गतिशील पद्धति र प्रणालीमार्फत् सेनालाई भरपर्दो, विश्वसनीय साथै सक्षम सङ्गठन निर्माणमा यस कार्यक्रमले दिशानिर्देश गर्ने विश्वास लिएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

मनास्लु क्षेत्रमा ९ महिनामा आठ हजार विदेशी पर्यटक

  गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको ९ महिनाको अवधिमा आठ हजारभन्दा

इजरायलमा हमासको आक्रमणमा मारिएका आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

जनकपुरधाम । इजरायलमा हमास समूहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएका धनुषाका

मौसमी राडार मर्मतका लागि विदेशी विज्ञको खोजी गर्दै विभाग

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको सुर्खेतस्थित राडार बिग्रिएको करिब नौ वर्ष