विमानस्थल ग्राउन्ड ह्यान्डलिङको जिम्मा यति समूहको हिमालय एयरलाइन्सलाई



काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्म ह्याण्डलिंग गरिरहेको सरकारी ध्वजाबाहक नेपाल एयरलाईन्सबाट खोसेर यति समूहको हिमालय एयरलाइन्सलाई दिएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको अर्बौं आम्दानी गुमाउने गरी ह्यान्डलिङ सेवा हिमालयलाई दिएको हो ।

नागरिक उड्डयन प्राधिकरणले असोज ४ मा नेपालको यती समूह र चीनको तिब्बत एयरलाइन्सको लगानी रहेको हिमालय एयरलाइन्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्ना विमानको ग्राउन्ड ह्यान्डलिङ गर्ने अनुमति दिएको हो ।

हिमालयले निवेदन दिएको पाँच दिनमै ह्यान्डलिङको अनुमति पाएको छ । भदौ ३१ गते निवेदन दिएको हिमालयलाई प्राधिकरणले असोज ४ गते अनुमति दिएको हो । प्राधिकरणले हिमालयलाई स्विकृति प्रदान गरेको पत्रमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०७७ असोज ४ मा महानिर्देशक स्तरको निर्णयानुसार नेपाल नागरिक उड्डयन प्राधिकरण वायु यानहरुको भूमिस्थ प्रवन्ध (ग्राउन्ड ह्यान्डलिङ) तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुयानको ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ प्रमाणपत्र प्रदान गरिएको व्यहोरा निर्देशानुसार जानकारी गराइन्छ,’ भनिएको छ।
हेर्नुस प्राधिकरणको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर