प्रहरी समायोजनको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित



काठमाडौं । सरकारले प्रहरी समायोजनको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापा नेतृत्वको समन्वय समितिको बैठकले प्रस्ताव पारित गरेको हो । प्रहरी समायोजनमा संघीय गृहमन्त्रीको नेतृत्वमा सातै प्रदेशका आन्तरिक मामिला मन्त्री लगायतको समिति गठन भएको थियो ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले सर्वेक्षण प्रस्ताव पारित गरेको हो । अब नेपाल प्रहरीका कर्मचारीलाई प्रदेशस्तरमा समायोजन गर्न बाटो खुल्नेछ।

यसअघि डीएसपीसम्म मात्रै प्रदेश मातहत रहने गरी प्रहरीको समायोजन प्रक्रिया थालिएको थियो। तर, कोरोनाका कारण काम योजना अगाडि बढ्न सकेको थिएन । गृहले एसपी र एसएसपी संघ मातहत नै रहने गरी पुल दरबन्दीमा राखेर प्रदेशमा खटाउने गृहकार्य गरेको थियो । बुधबारको बैठकले अनुमोदन गरेको समायोजनको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको

कसको निर्देशनमा उर्जा मन्त्रालयले दियो कुलमानलाई कार्य सम्पादनमा शून्य नम्बर ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

परराष्ट्रमन्त्री र गृहमन्त्रीद्वारा प्रकृति लम्सालका परिवारसँग भेट

भैरहवा । परराष्ट्रमन्त्री आरजु राणा र गृहमन्त्री रमेश लेखकले भारतको उडिसास्थित केआईआईटी कलेजमा