‘इनफ इज इनफ’ अभियानको माग पूरा गर्न सरकारको ध्यानाकर्षण
टायर बाल्ने, रेलिङ तोड्ने वा अवाञ्छित बाधा अवरोध र ध्वंस नगरी शान्तिपूर्ण लोकतान्त्रिक विधि र आचरणबाट सत्य र सुशासनको माग गर्ने ‘इनफ इज इनफ’ अभियान जारी छ । निष्ठा, नैतिकता, जवाफदेहीतामा ह्रास आएको, भ्रष्टाचार जीवनपद्धतिसरह बनेको समाजमा युवाहरूको स्वतःस्फूर्त अभियान आशाको किरणको रूपमा देखा परेको छ ।
कोभिड–१९ को सबल व्यवस्थापन नागरिकस्तरबाट जारी अभियानको माग हो । यसै सन्दर्भमा सरकार र अभियन्ताबीच यस अघि १२ बुँदे संझौता भएको थियो । तर सरकारले आफ्नै संझौता पूरा गरेन । सरकारले पूर्ववत् संझौता पालना नगरेपछि युवा अभियन्ताहरू पूनः सत्याग्रहमा छन् । ११ दिनयता ईः र समैरा श्रेष्ठ बसन्तपुरमा बिना खाना पानी अनसनमा छन् । युवा सत्याग्रही र अभियानप्रति हामी ऐक्यवद्धता जाहेर गर्दछौं ।
सत्याग्रहीका स्वास्थ्य अवस्था संवेदनशील मोडमा छ । युवा अभियन्ताको जीवन रक्षा, महामारीको सबल व्यवस्थापन सरकारको नियमित जिम्मेवारीको विषय हो । समुदायमा देखिएको संक्रमणको दर र पछिल्ला घटनाक्रमले अभियानको माग र लक्ष्य झनै सान्दर्भिक रहेको पुष्टी गरेको छ ।
लोकतान्त्रिक समाजमा जनमतको अवमूल्यन अकल्पनीय यथार्थ हो । यस अर्थमा सरकार पक्षधर रहेको संझौतालाई अभियान विषयान्तर गर्ने रणनीतिको रूपमा कतै प्रयोग गरिए गंभीर गल्ती हुनेछ । युवाहरूको सिर्जनाशील उर्जाको सम्मान गर्दै, संझौता कार्यान्वयन गर्न गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
२०७७/४/१३
१. अश्मिना रन्जित
२. करुण थापा
३. गणपति लाल श्रेष्ठ
४. जीवन बहादुर शाही
५. डा. धवल शमशेर राणा
६. नबिन के भट्टराई
७. बबिना मोक्तान लावती
८. बिराज भक्त श्रेष्ठ
९. याद्धव लाल कायस्थ
१०. डा. राजेश अहिराज
११. विकास रौनियार
१२. विमल अधिकारी
१३. विष्मुजंग बस्नेत
१४. सलिल सुवेदी
१५. प्रा. डा. सितु लाल श्रेष्ठ