घुस मागेको र दिएको प्रमाण लिएर आउनुस् मन्त्री र सचिवलाई पनि छाड्दैनौंः अख्तियार प्रमुख



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगले निष्पक्ष ढंगले काम गरेको दावी गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त घिमिरेले आफन्तलाई पनि नछाडेको भन्दै आफ्नो जिम्मेवारी पूरा निष्पक्ष ढंगले पुरा गरेको दावी गरेका हुन् ।

घुस मागेको र दिएको भनेर पीडित अख्तियारमा गएमा आयोगले मन्त्री र सचिवलाई पनि नछाड्ने बताए । प्रमुख आयुक्त घिमिरेले सर्वसाधारणको सरोकार जोडिएको बैंक, वित्तिय क्षेत्र, सहकारी, विमा लगातका क्षेत्रमा हुने भ्रष्टाचार अख्तियारलाई हेर्ने जिम्मा दिन आग्रह गरे । प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार गर्ने स्थानीय तहका अधिकारीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिए ।

देश विकासका लागि भनेर अर्बौं रुपैयाँ बजेट भएका गैरसरकारी निकायमा हुने भष्टाचार हेर्न दिन उनले आग्रह गरे । उनले आयोग सरकारको छायाँ नभएको भन्दै दृढतापूर्वक आयोगले काम गरिरहेको दावी पनि गरे । बैठकमा समिति सदस्यहरुले आयोगले साना माछालाई मात्र समात्ने गरेको बताएका थिए । उनीहरुले राजनीतिक केन्द्रमा हुने भ्रष्टचारलाई आयोगले ध्यान दिनुपर्ने धारणा पनि राखेका थिए ।

अख्यितारलाई कुनै पनि प्रभावबाट मुक्त गर्नुपर्ने , स्थानीय तहमा देखिएका अनियमतातर्फ अनुसन्धान गर्नुपर्ने लगाएतका सुझाव उनीहरुले दिएका थिए । गत आर्थिक बर्षमा गरेका कामकारवाहीका बारेमा समितिलाई जानकारी गराउदै अख्तियारले गत आर्थिक वर्षमा ४ सय ४१ वटा मुद्धा दायर गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

ग्वार्को ‘फ्लाई ओभर’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने-अब मुलुकमा कायाकल्प हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका

डोटीमा जिप दुर्घटना, तीन जनाको मृत्यु

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने