रन्जन कोइरालाको सजाय घटाउने व्यक्तिलाई कारवाही गर्नुपर्छः रवीन्द्र मिश्र



काठमाडौं । पत्नी हत्याको अभियोगमा दोषी ठहर सशस्त्र प्रहरीका पूर्वडीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध साझा पार्टीले तराजुसहित काठमाडौंमा प्रदर्शन गरेको छ । सर्वाेच्च अदालतका पछिल्ला विवादित फैसलाको विरोध तथा न्यायपालिकाको समग्र सुधारका पक्षमा साझा पार्टीले शनिबार ललितपुरको बखुण्डोलबाट माइतीघर मण्डलसम्म साझा तराजु यात्रा आयोजना गरेको हो ।

सवोच्चको त्रुटिपूर्ण निर्णय रद्द गर्नुपर्ने र पीडितलाई न्याय दिनुपर्ने भन्दै प्रदर्शनमा सहभागीहरुले देशमा देखिएको बेतिथि र बिसंगती अन्त्य गर्नुपर्ने आवाज उठाएका थिए । प्रदर्शनमा सहभागीहरुले भ्रष्टहरुलाई सिंहदरबार होइन, जेल हालौं, पीडितलाई न्याय दे , गैरन्यायीक फैसला चाहिदैन, दोषीलाई उन्मुक्ति चाहिदैन लेखेका प्लेकार्ड बोकेका थिए । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पूर्वडीआईजी रन्जन कोइरालाको सजाय घटाउने व्यक्तिलाई कारवाही गर्नुपर्ने बताए ।

उनले प्रधानन्याधीश नियुक्ति गर्नेलाई नै जनताले महाअभियोग लगाउनुपर्ने बताए । उनले अदालतमा राजनीतिक हस्तक्षेप हुँदा न्याय र लोकतन्त्र मर्ने बताए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका थिए । सर्वोच्चको उक्त निर्णयको नागरिक स्तरबाटै विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

सुनुवाइ नसकिएपछि रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको

द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन आयोगको  आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर संक्रमणकालीन न्यायको काम टुंग्याउन

जापानी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट, भयो यी विषयमा कुराकानी

काठमाडौं । जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा र जापानका विदेशमन्त्री इवाया