इमान्दारपूर्वक आधा कैद सजाय पूरा गर्नेलाई बाँकी सजाय छुट दिने व्यवस्था कानूनमै राख्न सुझाव



काठमाडौं । सांसदहरुले आधा कैद सजाय इमान्दारपूर्वक पूरा गर्नेलाई बाँकी सजाय छुट दिने व्यवस्था कानूनमै राख्नुपर्ने सुझाव दिएका छन् । शुक्रबार बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा भाग लिदै उनीहरुले ५० प्रतिशत कैद सजाय इमान्दारपूर्वक पूरा गर्नेलाई बाँकी सजाय छुट दिने व्यवस्था कानूनमै किटान गर्न सुझाव दिएका हुन् ।

नेपालको कारागारमा धेरै सुधारको खाँचो रहेको, खुल्ला कारागारसम्बन्धी नयाँ सोचका साथ विधेयकलाई अघि बढाउनुपर्ने उनीहरुको भनाई छ । समितिले बिधेयकमाथि संशोधनकर्ताहरुसंग छलफल गरेको थियो । विधेयकका संशोधनकर्ता सदस्य यशोदा सुवेदीले खुल्ला कारागारको बिषयलाई पनि बिधेयकमा समावेश गर्नुपर्ने बताइन् ।

उनले महिला कारागारमा कम्तीमा एक जना महिला सुरक्षाकर्मीको व्यवस्थालाई हटाएर पहिलो र दोश्रो घेरामा सवै महिला सुरक्षाकर्मीको व्यवस्था हुनुपर्ने बताए । त्यस्तै सांसद दुर्गा पौडेलले कारागारसम्बन्धी कानूनलाई पूर्ण बनाउन बिधेयकमाथि बिस्तृत छलफल हुनुपर्ने बताइन् । उक्त विधेयकमाथि एकल तथा समूहगतरूपमा गरी २४ संशोधन दर्ता भएका छन् ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले संशोधनमाथिको छलफल सकिएपछि यसलाई कसरी अघि बढाउने भन्ने बारेमा राय राख्ने बताए । संविधानमा उल्लिखित उक्त व्यवस्थालाई सङ्घीय सरकार र प्रदेश सरकारबीच समन्वय कायम गर्न उक्त विधेयक अघि बढाइएको गृहमन्त्री थापाले बताए ।

प्रस्तावित विधेयकमा कैदी बन्दीको स्वास्थ्य परीक्षण, कारागारमा अस्पताल र स्वास्थ्य चौकी, भेटघाट कक्षको व्यवस्था, प्रजनन अधिकारको संरक्षण, सीपमूलक वा आयमूलक कार्यक्रम व्यवस्था गर्ने उल्लेख छ । विधेयकमा कारागारमा बन्दीका रूपमा रहेका वैध दम्पतीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिएबमोजिम भेटघाट गर्ने अनुमति दिनु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु न्याय सुनिश्चित गर्न र क्षतिका मुद्दाहरूलाई सम्बोधन गर्न विश्व समुदायलाई दबाब दिने अन्तर्राष्ट्रिय संवादको निष्कर्ष

  काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको

सञ्चारमन्त्री शर्माले समाचारमा सफलताका कथा पढ्ने चाहना राखेपछि…

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले मुलुकमा गणतन्त्र स्थापनाको १६ वर्ष पुगेको

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

काठमाडौँ । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको