कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४३ पुग्यो



वीरगञ्ज । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पर्साका एक पुरुषको मृत्यु भएको हो ।

पर्साको माईस्थानका पुरुषको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासको समस्याबाट ग्रस्त भएपछि साउन ५ गते वीरगंजस्थित एडभान्स हस्पिटल पुगेका उनलाई त्यहाँबाट कोभिड अस्पताल रिफर गरिएको थियो ।

उनको स्वाब संकलन गरी नारायणी अस्पताल पठाइएकोमा उनमा कोरोना पोजेटिभ देखिएको नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिएका छन्। । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको