गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिविरुद्ध एक हुन माधव नेपालको आह्वान



काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरुविरुद्ध दृढतपूर्वक उभिन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औँ स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै वरिष्ठ नेता नेपालले यस्तो बताएका हुन् । कम्युनिस्ट आन्दोलनलाई सबै खालका भड्कावहरुबाट जोगाउँदै पुष्पलालले स्थापित गरेका मानकहरु हाम्रा लागि सधैँ मार्गदर्शनका रुपमा रहेको उनले बताएका छन् ।

नेता नेपालले कम्युनिस्ट पार्टी र नेता–कार्यकर्ताहरुले जतिसुकै कठिन परिस्थितिमा पनि विचलित हुनहुँदैन र जनतालाई गोलबन्द गर्नबाट पछि हट्नु हुन्न भन्ने पुष्पलालको दृढतालाई सिर्जनशील रुपमा अलवम्बन गर्नुपर्ने बताएका छन् ।

नेपालको सन्देशमा भनिएको छ, ‘संस्थापक महासचिव कमरेड पुष्पलाललाई स्मरण गरिरहेको यस घडीमा हामीले नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिक रुपमा स्पष्ट बनाउन आवश्यक छ । कम्युनिस्ट पार्टी कुनै व्यक्तिको ‘अलौकिक’वा ‘चमत्कारिक’ नेतृत्वमा विश्वास गर्ने संस्था नभई सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने एक क्रान्तिकारी संस्था भएकाले यसलाई त्यही अनुसार कमिटी प्रणालीका आधारमा चलाउनु पर्छ भन्ने मान्यतालाई हामीले दृढतापूर्वक व्यवहारमा लागू गर्नुपर्छ । अर्काको अस्तित्व स्वीकार नगर्ने र ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने भावनाले कम्युनिस्ट आन्दोलनलाई हिजो विभाजनबाट थिलोथिलो बनाएको कटु यथार्थ भोग्दै हामी यहाँसम्म आइपुगेका छौँ । आजपनि कहीँ कतै त्यस्ता गलत, व्यक्तिवादी र गैरकम्युनिस्ट प्रवृत्तिहरु देखा पर्दछन् भने त्यसका विरुद्ध दृढतपूर्वक उभिनु सबै इमानदार नेता–कार्यकर्ताको कतव्र्य हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्दा चलाउन सिफारिस

मध्यविन्दु (नवलपरासी)  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे

लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा

लुम्बिनी । माता मायादेवी माइतीघर देवदह जाँदा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थलाई जन्म दिएको

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट ल्याउनुपर्छः उपाध्यक्ष पौडेल

ललितपुर । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका

काठमाडौं–तराई फास्ट ट्रयाकको १,६५३ मिटरको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रबार ब्रेक थ्रु भएको