कोरोना संक्रमणबाट महोत्तरीका एक पुरुषको मृत्यु



महोत्तरी । कोरोना संक्रमण देखिएका महोत्तरीका एक पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय पुरुषको निधन भएको हो । साउन एक गते प्रतिष्ठानको कोभिड अस्पतालको आईसोलेशनमा भर्ना भएका उनको मंगलवार राति निधन भएको प्रतिष्ठानको मेडिशन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माले जानकारी दिएका छन् ।

उनको पीसीआर रिपोर्ट कोरोना पोजेटिभ देखिएको डा.शर्माले जानकारी दिए । यसअघि प्रतिष्ठानमा सप्तरीका एक पुरुषको निधन भएको थियो । प्रतिष्ठानमा हाल ११ जना कोरोना संक्रमितको उपचार भैरहेको छ । प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका २ सय ६७ जना भने कोरोना जितेर डिस्चार्ज भईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन आयोगले मुकुल ढकाललाई दियो रास्वपाको महामन्त्री कायमै रहेको पत्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाललाई महामन्त्रीमै

भ्रष्टाचार मुद्दामा नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । विशेष अदालतले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

६० किलो सुन तस्करी प्रकरणकी आरोपी अमला पक्राउ

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ परेकी

ग्वार्को ‘फ्लाई ओभर’ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले भने-अब मुलुकमा कायाकल्प हुन्छ

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्कोमा नवनिर्मित ‘फ्लाई ओभर’ ले ग्वार्काेसहित आसपासका