सप्तकोशीमा पानीको बहाव उच्च, ५६ मध्ये ४८ वटा ढोका खोलियो



इटहरी । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका ४८ वटा ढोका खोलिएको छ । पानीको बहाब बढेपछि आज बिहान ५६ मध्ये ४८ वटा ढोका खोलिएको हो ।

आज बिहान ५ बजेको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

कोसी ब्यारेजको यो बहाव यो वर्षकै सबैभन्दा बढी हो । मंगलबार बिहानको बहावले खतराको सतह पार गरेकोले तटीय क्षेत्रमा सर्तक रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

सप्तकोसीमा बहाव बढेसँगै पश्चिमी तटबन्धसँग टाँसिएका बस्तीहरु जोखिममा परेका छन् भने मध्यकोसीमा रहेको गोबरगाढा गाउँ पानीले घेरिएको छ ।

यसअघिकै बाढीमा स्थानीय तहले गोबरगाढाका बासिन्दाहरुलाई टापुबाट निकाल्ने प्रयास गरे पनि स्थानीयहरु निस्कन मानेका छैनन् । कोसीमा अत्यधिक बहाब भएसँगै बस्तीका घर घरमा पानी पसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापति सिग्देल र भारतीय समकक्षीबीच भेटवार्ता

काठमाडौं । भारत भ्रमणमा रहेको प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय स्थल सेनाध्यक्ष जनरल

जनवरी १ देखि सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक

काठमाडौं । सरकारले आगामी पुस १७ गतेदेखि लागू हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दर्ता, सातवर्ष कैद सजायको माग

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ

अथतन्त्रमा लामो समयदेखि थुप्रिँदै गएका समस्या भएकाले आजको भोलि नै समाधान हुन सक्दैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनका लागि तीन तहका