बाढी पहिरोमा परी अहिलेसम्म १०१ जनाको मृत्यु, ५१ जना बेपत्ता



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन ८ गतेसम्म भारी बर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । सिंहदरबारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा  प्राधिकरणले आइतबार साउन ४ गतेदेखि ८ गतेसम्म देशभर सबै ठाउँमा वर्षा हुने सम्भावना रहेको जनाएको हो ।

प्राधिकरणले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । पाँच दिनसम्म पर्ने पानीले देशभरका सानाठूला नदीहरुको जलसतह उल्लेख्य बढ्ने सम्भावना केहि नदीले सर्तकताको तह पार गर्ने भएकाले धेरै परिवार विस्थापित हुनसक्ने र जनधनको क्षति हुन सक्ने अनुमान गरेको  छ ।

त्यस्तै मनसुन सुरु भएयता हालसम्म परेको प्रसस्त पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भुभाग गलिसकेकाले अब पाँच दिनसम्म पर्ने पानीले पहिरोको सम्भावना बढ्ने देखिएको प्राधिकरणले जनाएको छ । कार्यक्रमममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बाढी पहिरोबाट हुन सक्ने क्षतिलाई न्युनिकरणका लागि सम्पूर्ण तयारी पुरा गरिएको जानकारी दिए ।

नेपालमा मनसुनी घटना तथा बाढी पहिरोबाट जेठ ३१ गतेदेखि साउन २ गतेसम्म १ सय १ जनाको मृत्युभएको प्राधिकरणको तथ्यांक छ । त्यस्तै बाढीपहिरोमा परी ५१ जना बेपत्ता छन् भने ४१ जना घाइते भएका छन् । कुल १ सय ३६ घरमा क्षति पुगेको विपद व्यवस्थापन प्राधिकरणको तथ्यांक रहेको प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए। त्यस्तै ३० दिनको अवधिमा चट्यांङबाट ४१ जनाको मृत्यु भएको सर्पदंशबाट र १० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई