औषधि उद्योगलाई प्रोत्साहन गर्न माग गर्दै औषधि व्यवसायी आन्दोलित



काठमाडौं । नेपालमा उत्पादन हुने औषधि आयात रोक्नुपर्ने लगायतका माग राखी व्यवसायीहरुले आन्दोलनलाई जारी राखेका छन् । औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने माग राख्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । आफूहरुसँग सरकारले पटक पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेपछि आन्दोलनमा उत्रिएको व्यवसायीहरुले बतााएका छन् ।

औषधिजन्य वस्तुको दर्ता र गुणस्तरमा सम्झौता गर्न नहुने, गुणस्तरहीन औषधि आयात र विक्रि वितरणमा प्रतिवन्ध लगाउनुपर्ने माग राख्दै व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन् । नाकाबन्दी र भूकम्पको समयमा समेत औषधि अभाव हुन नदिएको भन्दै नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले औषधि उद्योगमाथि सरकारको कुदृष्टि परेको बताए ।

सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघको आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको हो । नेपालमा अहिले पनि सेनिटाइजरको गुणस्तरीय र व्यवस्थित रुपले उत्पादन भइरहेको उनले बताए औषधिमा बढाइएको राजस्व खारेज गर्नुपर्ने, विनादर्ता र गुणस्तर स्यानिटाइजर बिक्री गर्दा जनताको स्वास्थ्यमा असर गर्ने भन्दै त्यसलाई रोक लगाउनुपर्ने संघको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खुलामञ्चमा आकाशे पानी पुनःभरण हुने गरी काम गरिँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम

अशोक राई नेतृत्वको जसपालाई आयोगले दियो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको जनता

८४ को निर्वाचनपछि एमाले निर्णायक शक्ति बन्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८४ सालमा एमाले निर्णायक शक्ति

जसपाले भन्यो-नयाँ दल दर्ताको निवेदन अवैधानिक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ ।