पोलिमर नोट छपाइसम्बन्धी मुद्दाका आरोपित सबैलाई विशेष अदालतको सफाइ



काठमाडौं । पोलिमर नोट छपाइसम्बन्धी मुद्दाका आरोपित सबैले सफाइ पाएका छन् । विशेष अदालतले मंगलबार नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा तिलक रावलसहित तीनैजनालाई सफाइ दिएको हो ।

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यहरु बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको इजलासले सो मुद्दामा जोडिएकालाई सफाइ दिने फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर रावलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई विपक्षी बनाउँदै मुद्दा दायर भएको थियो । तीनै जनालाई जनही ९१ लाख ९ हजार ८८९ रुपैयाँ अनियमितता गरेको आरोप लगाएको थियो ।

तीनै जनाविरुद्ध नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छपाई गरिँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको र गुणस्तरहीन नोट छपाइ गरेको अख्तियारको आरोप थियो ।

नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको र गुणस्तरहीन नोट छपाइ भएको भन्नेसमेतको उजुरीउपर आयोगबाट अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको