फोटोमा हेर्नुस् सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन



काठमाडौं । काठमाडौंको नक्सालमा सरकारको विरोधमा उत्रिएका युवाहरुको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार नक्साल भाटभटेनीमा जम्मा भएका प्रदर्शनकारीले पीसीआर परीक्षणलाई तीव्रता नदिइएको, आरडिटी परीक्षण पूर्ण रुपमा बन्द गर्नुपर्ने, कोरोना नियन्त्रणमा खर्च गरिएको रकमको विवरण सार्वजनिक नगरिएको तथा महामारीसँग जुझ्न सरकारले सही र पर्याप्त प्रयास नगरेको भन्दै युवाहरुले नक्सालमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले तितरवितर बनाउन खोजेको थियो । उनीहरुलाई प्रहरी मुख्यालय नजिक पुर्याएपछि प्रहरीले लाठी चार्ज गर्नुकासाथै चार÷पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा समेत प्रहार गरेका हो ।

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर भएको भन्दै प्रदर्शनकारीले नारा लगाएका थिए । लकडाउनका बेला पनि कर लगाउने सरकारी निर्णयको पनि उनीहरुले विरोध गरेका छन् । त्यस्तै जनता रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगेको र सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याग्दीका एक सय भन्दाबढी वनमा डढेलो

म्याग्दी । म्याग्दीमा एक सय १० भन्दा बढी वनमा डढेलो लागेको छ ।

तराई मधेसमा आगामी पाँच दिन अत्याधिक गर्मी हुने, तातो लहरबाट बच्न अनुरोध

  काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागले विगत केही दिनदेखि देशका अधिकांश

मन्त्रिपरिषद् बैठकद्वारा नेपाल सरकार र कतार सरकारबीच हुने विभिन्न समझदारीपत्रहरु स्वीकृत

काठमाडौँ ।  सरकारले अर्थमन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा पदमार्गमा आधारित पर्यटन विकास परियोजना कार्यान्वयनका

राष्ट्रसङ्घका सहायक महासचिवसहित ३५ देशका आवासीय प्रतिनिधि नेपाल आउँदै

  काठमाडौँ  । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५