उद्योग व्यवसाय संचालनमा रोक नलगाउन व्यवसायीको माग, आन्तरिक रुपमा सवारी संचालन गर्न आग्रह



काठमाडौं । व्यवसायीहरुले लकडाउनको स्वरुप परिवर्तन गरी बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म व्यवसाय संचालन गर्न पाउनुपर्ने माग गरेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा व्यवसायीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले दिन विराएर सबै किसिमका उद्योग व्यवसाय र पसल सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

शिक्षण संस्था, धार्मिक स्थल, सिनेमा हललगायत बाहेक अत्यावश्यक उद्योग र पसल खोल्न दिन माग गरेका हुन् । छलफलमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी संघ संस्था, उद्योग, निर्माण सम्बन्धी कामको साथै सामाजिक दुरी सहितको सिट व्यवस्थापन गरी जिल्ला भित्र आन्तरिक रुपमा सार्वजनिक यातायातको साधन सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेका छन् ।

उनले लामो समयको लकडाउनले स्वास्थ्य चेतना र सतर्कताबारे व्यापक चेतना वृद्धि गरेकाले जीवनरक्षा मात्रै नभई जीवनयापनका लागि अर्थतन्त्रलाई चलायमान बनाउन सबै किसिमका व्यवसायलाई व्यवस्थित ढंगले संञ्चालनको प्रबन्ध गरिनुपर्ने बताए । छलफलपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापारीहरुबाट प्राप्त सुझावका आधारमा व्यवसाय सञ्चालनका लागि विभिन्न मोडल तयार पादैै सो मोडलमा व्यवसाय सञ्चालन गर्न लकडाउन खुकुलो बनाउनुपर्ने निष्कर्ष निकालेको बताए ।

उनले छलफलको निष्कर्ष सहित व्यवसाय सञ्चालनका लागि आवश्यक निर्देशिका तयार गरि लागु गर्न कोभिड १९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई सिफारिको रुपमा पठाईने बताए । नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहीबार काठमाडौंका सबै प्रकारका पसल खुलेपछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसतर्फ चासो देखाउदै व्यवसायीलाई छलफलमा बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको