फौजी किराको प्रकोपले स्याङ्जाका किसान चिन्तित



स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका भित्रका कृषकका मकैमा देखिएको फैजी किराको प्रकोपले कृषकलाई चिन्तित बनाएको छ । गतवर्ष देखि देखापरेको यो प्रकोप अधिकांस कृषकको मकै खेतीमा देखापरेको छ । पुतलीको माध्यमबाट सजिलै सर्नसक्ने यो रोगको प्रकोप बढेसंगै यहाँका कृषक बिषादि छर्नमा ब्यस्त भएका छन् ।

यति धेरै दुःख गरेर लगाएको खेतीनै किराले नष्टगर्न थालेपछि बिषादी छर्न थालेको गल्याङ नगरपालिका वडा नम्बर ३ का माधव भण्डारीले बताए । बिषादीको अभाव हुँदा पुरै मकैमा छर्न नपाएको उनको गुनासो थियो । त्यसै उक्त वडाकै अर्का कृषक श्यामसुन्दर बस्यालले पनि यस्तै प्रकोप फैलिदै गए खेती घर भित्राउन नपाउने भन्दै मकैमा बिषादी छरेको बताए ।

करिब आठ रोपनी जग्गामा भएको मकै खेतीमा सबैमा देखिएको हुँदा बाध्य भएर यस्तो गर्नुपरेको उनको भनाइ थियो । बिषादी छर्केको दुई दिनसम्म पनि रोग निवारण नहुदा चिन्ता बढेको अर्का कृषक विष्णु बस्यालको भनाइ छ । उक्त किराले पहिलो चरणमा पात खाने र दोस्रो चरणमा गुभो खाएर मकै नष्ट पार्ने भएको हुँदा बेलैमा सजक हुन कृषकलाई गल्याङ नगरपालिका कृषि शाखाका प्रमुख शिब ढकालको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तातोपानी भन्सारबाट तीन हजार पाँच सय टन रासायनिक मल काठमाडौँ ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।