७१ औं दिनमा आइपुग्दाको लकडाउन, फोटोमा



काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा सरकारले जारी गरेको लकडाउनको उल्लंघन बढ्दै गएको छ । गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पछिल्लो पटक लकडाउनलाई जेठ ३२ गतेसम्म लम्बाइएको छ ।

तर ७१ औ दिनसम्म आइपुग्दा लकडाउन उल्लंघन बढ्नेको संख्या पनि बढ्दै गएको छ । उपत्यकाका सडकमा सार्वजनिक बाहेक निजी सवारी निर्वाध रुपमा गुडिरहेका छन् । लकडाउन भएको लामो समयपछि सरकारले मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ । कम जोखिम भएका जिल्ला तथा क्षेत्रमा सञ्चालित उद्योग कलकारखाना तथा जीवीकोपार्जनसँग जोडिएका क्षेत्र स्वास्थ्य सावधानी अपनाएर सुरु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी तयार पारिएको छ । वैशाख १६ गतेको मन्त्रिपरिषद बैठकले ४४ वटा क्षेत्रसँग सम्बन्धित उद्योग कलकारखाना तथा ढुवानीलाई सुरु गर्न अनुमति दिए पनि बजार कलकारखाना सञ्चालन नहुँदा ती उद्योग पनि आंशिक मात्रै सञ्चालनमा छन् ।

७० दिनसम्म लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ । देशमा संक्रमणको दोस्रो केस देखिँदा चैत ११ गतेबाट लकडाउन थालिएको थियो । संक्रमित भएकाको संख्या सोमबार नै १८ सय नाघिसकेको छ । लामो समयको लकडाउनका कारण ठूलो वर्गमा जीविकोपार्जनको समस्या देखिन थालेको छ भने नागरिक समाजबाट पनि यसको मोडालिटी परिवर्तन गरिनुपर्ने आवाज उठिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई