सरकारको प्रक्षेपण अनुसार राजश्व असुल असम्भवः सांसद चौधरी



काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले सरकारले प्रक्षेपण गरे अनुसार आगामी आर्थिक बर्षमा राजश्व असुल हुन नसक्ने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै चौधरील १० खर्बको राजश्व संकलन हुने सरकारको प्रक्षेपण सफल नहुने बताएका हुन् ।

कोरोना संक्रमण महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण उद्योग व्यवसाय ठप्प रहेको अवस्थामा म्ुलुकको अर्थतन्त्रको यथार्थ धरातल विर्सेर राजश्व संकलनको अपेक्षा मात्रै बढाउनु व्यवहारिक नभएको चौधरीले बताए ।

आगामी दिनहरु अत्यन्तै कठिन बन्ने र आधा भन्दा बढी रेमिट्न्समा प्रभाव देखिने भन्दै चौधरीले रोजगारी गुमेकाको जिविकोपार्जनलाई नै सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

चौधरीले सरकारले घोषणा गरेको राहत कार्यक्रममा यातायात, शिक्षण संस्था, निर्माण र ठूला आयोजना समावेश नभएकाले ती क्षेत्र धरासायी बनेमा त्यसको प्रभाव बैकिङ्ग क्षेत्रमा पनि पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आयात निर्यात दुवैमा गिरावट आउँदा वीरगञ्ज भन्सारको कारोबार घट्यो

वीरगञ्ज । प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात

दूध बिक्री नहुँदा दाङका किसान चिन्तित

तुलसीपुर । दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित  मनिराम चौधरीले वर्षातले  धानबाली बगाएकामा चिन्ता व्यक्त

तरकारीखेतीबाट नाम र दाम दुवै

गलकोट ।  कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका–९ तित्याङका पदम

चीनतर्फ एक अर्ब ९६ करोडको सामान निर्यात हुँदा चीनबाट एकवर्षमा ६५ अर्बको सामान आयात

  रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३