सरकारले संकटका बेला पाएको अवसर गुमायोः मिनेन्द्र रिजाल



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संकटका बेला पाएको अवसर सरकारले गुमाएको टिप्पणी गरेको छ । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले संकटमा पाएको अवसरलाई गुमाएको बताएका हुन् ।

आइतबार आगामी आर्थिक वर्षको बजेट राजश्व र व्ययको अनुमान माथिको छलफलमा भाग लिँदै रिजालले मुलुकलाई संकटबाट पार लगाएर आर्थिक विकास लागि पाएको अवससर सरकारले गुमाएको बताएका हुन् । उनले भने, ‘ कोरोनाका कारण दुनियाँ गहिरो संकट भोग्दै छ । यो संकटलाई अवसरमा बदल्ने कल्पनाशिलता बजेटमा अपेक्षा गरिएको थियो । तर त्यो देखिएन ।’

उनले कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहबाहेक अरुले काम नै गर्न नसक्ने अवस्थामा पनि बजेट नदिइएको बताए । स्थानीय तहलाई शसर्त अनुदान बाहेक सबै घटेको उल्लेख गर्दै उनले संघीयता बलियो बनाउने अधिकार समेत सरकारले गुमाएको बताए ।

रिजालले भने, ‘‘८३ पेजको दस्तावेजलाई विर्सेर फेरि अबको अर्थतन्त्रले उद्धारको काम कसरी गर्ने, राहतका काम कसरी गर्ने, नागरिकलाई घर घरसम्म कसरी पुर्याउने भन्ने कुरा सोचौँ ।’

कांग्रेस सांसद प्रकाशमान सिंहले कोरोनाले पारेको प्रभाव न्यूनीकरण गर्नेतर्फ सरकारले ध्यान नदिएको आरोप लगाए । सार्वजनिक खर्च पुनरावलोकन आयोगले दिएको सुझावलाई बजेटले कार्यान्वयन नगरेको, अनुत्पादक खर्च घटाउनेतर्फ ध्यान नदिएको र ठूला तथा राष्ट्रिय गौरवका आयोजना पूरा गर्नेतर्फ ठोस व्यवस्था नभएको उनको भनाइ थियो ।

उनले राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगति हेर्ने जिम्मा प्रधानमन्त्रीले नै लिए पनि परियोजनाको हालत दुरुहपूर्ण रहेको तथा मेलम्ची खानेपानी आयोजनाको पहिलो खण्ड नै पूरा नभएको अवस्थामा दोस्रो खण्ड शुरु गर्ने विषय आफैँमा मिल्दो नभएको बताए । उनले युवा तथा खेलकूद, अन्तरदेशीय प्रसारण लाइन तथा लप्सेफेदी–रातमाटे ४०० केभी प्रसारण लाइन निर्माणको विषयमा सत्तारुढ दलभित्रै सहमति नभएको अवस्थामा कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको

चार लाख २६ हजार पर्यटकद्वारा एकवर्षमा मुस्ताङ भ्रमण

म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४

उपनिर्वाचनमा सहयोग पु–याउन निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष,

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा

किमाथाङ्का (सङ्खुवासभा) । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीको फेरी