जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय



काठमाडौं । सरकारले जारी लकडाउन जेठ ३२ गते आइतबारसम्मका लागि थप गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो । बैठकले असार १६ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णयसमेत गरेको छ ।

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जारी लकडाउन जेठ ३२ गतेसम्मका लागि थप गरिएको जानकारी दिए । यसअघि सरकारले जेठ २० गतेसम्मका लागि लकडाउन जारी गरेको थियो । कोरोन रोकथाम तथा नियन्त्रण गर्न चैत ११ गतेदेखि नेपालमा लकडाउन जारी छ ।

खतिवडाले बन्दाबन्दीको स्वरुप परिमार्जनबारे समेत छलफल भएको र कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई बन्दाबन्दीको परिमार्जित स्वरुपबारे छलफलगरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न समेत निर्देशन दिइएको जानकारी दिए ।

उनले सङ्क्रमणको जोखिम सीमा पारीबाट बढेकाले सीमा प्रवेशमा कडाई गरिने समेत बताए । त्यसका लागि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय समेत बैठकले गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा