एमसीसी संसदबाट अनुमोदन नभएसम्म यसका बाँकी काम तत्काल अघि नबढाउने नेकपाको निर्णय



काठमाडौं । सत्तारुढ नेकपाले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन नभएसम्म यसका बाँकी काम तत्काल अघि नबढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकले एमसीसीको बिषय संसदमा बिचाराधिन रहेको भन्दै संसद्बाट अनुमोदन नभएसम्म बाँकी काम तत्काल अघि नबढाउन प्रधानमन्त्रीमार्फत निर्देशन दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य डा. भीम रावललाई पनि बोलाइएको थियो । अर्थमन्त्री खतिवडाले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममा एमसीसी संसदको अंग बनेको भन्दै सम्बोधन गरेकाले बजेटमा पनि उल्लेख गरिएको जानकारी गराएका थिए ।

प्रवक्ता श्रेष्ठले अहिले एमसीसी सम्झौताका बाँकी काम प्रधानमन्त्रीले तत्काल अघि नबढाउन निर्देशन दिने, पार्टीको सचिवालय बैठक तत्काल बोलाउने, त्यसको मिति दुईजना अध्यक्षले तय गर्ने र एमसीसी पारित गर्ने कि नगर्ने भन्ने जिम्मा संसदलाई नै दिने निर्णय भएको बताए ।

बैठकले बजेटमा उल्लेख भएको भनिएको एमसीसी संसदमै विचाराधीन विषय रहेकाले अर्थमन्त्री युवराज खतिवडाले नै यसबारे संसदमा स्पष्ट पार्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे जवाफ दिँदा उल्लेख भएअनुसार नै स्पष्ट गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बिहीबार सार्वजनिक भएको बजेटमा एमसीसीलाई पनि राखिएको भन्दै नेकपाका केही सचिवालय सदस्यले नै विरोध गरेपछि सचिवालय बैठकमा छलफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई