आफ्नो कुरा मात्र सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस्ः महन्थ ठाकुर



काठमाडौं । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले देशको एक भागको जनसंख्या संविधानप्रति असन्तुष्ट रहेको बेला राष्ट्रिय एकताको कुरा गर्न नसकिने बताएका छन् । संविधान संशोधन विधेयक संसद सचिवालयले दर्ता नगरेपछि ठाकुरले संविधान संशोधन गर्नुपर्ने मागहरु उठाउँदै आएका जनताका कुरा नसुने राष्ट्रिय एकताको कुरा सम्भव नभएको बताएका हुन् ।

शुक्रबार विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका ठाकुर लगायतका नेताहरु संसद सचिवालयले दर्ता नगरेपछि त्यसै फर्किएका थिए । उनले भने, ‘देशको एक भागका जनताका आक्रोशित भएका बेला त्यसलाई सुन्नुहुन्न र आफ्नो कुरा मात्र सुनाउनु हुन्छ भने राष्ट्रिय एकताको कल्पना नगर्नुस्, विवाद अरु ठाउँमा पनि छ, त्यो कुरा उठ्छ, छोडदैनौं हामीले ।’ एकता हुनुअघिको राष्ट्रिय जनता पार्टीले नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्व लगायतका विषयहरुमा संविधान संशोधनको माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भक्तपुरमा सिन्दुर खेलेर यसरी मनाइयो सुथसिया जात्रा(फोटोफिचर)

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिबासीले आइतबार बिहानै सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् । बिस्केट

पर्सा निकुञ्ज वरिपरि पर्यटकीय संरचना बढ्दै

  वीरगञ्ज  । पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि होटल– रिसोर्टजस्ता पर्यटकीय संरचना निर्माणको  क्रम

बिस्केटको ५५ हाल लामो लिङ्गो ढालियो, भैरब भद्रकालीको रथ जुधाइयो

  भक्तपुर ।  भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख मानिने लिङ्गो शनिबार साँझ ढालिएको

पर्यटन राजधानी पोखरामा नयाँ वर्षको भव्य स्वागत

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षको भव्य स्वागत गरिएको छ