बजेटमा छिटो प्रतिफल दिने आयोजना समेटेको अर्थमन्त्रीको दाबी



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीले ल्याएको संकटको अवस्थाका कारण ठूलो आकारको बजेट ल्याउन नसकिएको स्पष्ट पारेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा भएको बजेट अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट करिब ४ प्रतिशत कम आकारको ल्याएको बताए ।

आफूले निकै संयमता अपनाएर बजेटको आकार सानो बनाएको उनले बताए । सामान्य अवस्थामा मुद्रास्फितिलाई समेत ख्यालमा राखेर बजेटको आकार कम्तीमा १० देखि १४ प्रतिशतसम्म बढेको भएपनि यसपटक त्यस्तो सुविधा नभएको बताए । निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्ने र सार्वजनिक क्षेत्रको लगानीलाई पनि अगाडि बढाउने गरी बजेट बनाउनु सामान्य सिद्दान्त भएको उनले बताए ।

कोरोनाका कारणले अर्थतन्त्र अत्यन्तै तरल अवस्थामा रहेको भन्दै उनले मुलुकभित्र मात्रै नभई अन्तर्राष्ट्रिय लगानी, व्यापार, पर्यटकको आवगमन, श्रम बजारबाट उत्पन्न हुन सक्ने आर्थिक परिसूचकहरु विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय र त्यसको आधारबाट अर्को वर्ष कस्तो हुन्छ भन्ने पूर्वानुमान गर्न कठिन भएको बताए ।

अर्थमन्त्री खतिवडाले बजेटमा छिटो प्रतिफल दिने आयोजना समेटेको दावी गर्दै राष्ट्रिय गौरवका आयोजनाहरु, मुलुकलाई दूरगामी प्रभाव पार्ने र खासगरी गेम चेञ्चर आयोजनालाई निरन्तरता दिनका लागि बजेट व्यवस्थापन गरेको बताए ।

अर्थमन्त्री खतिवडाले कोरोनाबाट परेको अर्थतन्त्र उकास्नको लागि सरकारले ५५ देखि ६० अर्ब रुपैयाँको राहत प्याकेज ल्याएको पनि बताए । यस्तै ब्याज अनुदानबाट २० अर्ब रुपैयाँको राहत दिएको उनको भनाई छ ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रम, स्थानीय विकास निर्माण, साना ठूला सबै प्रकारका आयोजना, आफ्नो गाउँ आफैं बनाउँ अभियानलगायतका क्षेत्र सबैमा २ लाख रोजगारी सिर्जना गर्ने तयारी गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानीकर्तालाई दुःख दिने भन्दा पनि ढुक्कसँग लगानी गर्ने वातावरण सृजना गर्नुपर्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग

रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम

सर्लाहीको बागमती नगरपालिका–११ कर्मैया र रौतहटको चन्द्रपुर नगरपालिका–१ मा पर्ने बागमती ड्याम ।

खोटाङमा मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

खोटाङ । खोटाङको बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर निधन

कालीगण्डकी नदीमा बेलिब्रिज जडान

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ र १ जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज निर्माण सम्पन्न