सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट प्रहरी निरीक्षक आधारभूत तालीमको दिक्षान्त



काठमाडौँ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जेठ १३ गते प्रतिष्ठानमा आयोजित तालिमको दिक्षान्त कवाजमा उक्त तालिममा सर्वप्रथम भएका प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेलाई उत्कृष्ट पुरस्कार स्वरुप खुँडा प्रदान गर्नुका साथै कवाज, चाँदमारी र सहिष्णुतातर्फ उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गरे ।

दिक्षान्त समारोहमा प्रधानमन्त्री के.पी.शर्मा ओलीको शुभकामना सन्देश वाचन गरिएको थियो । ओलीको शुभकामना सन्देशमार्फत सशस्त्र प्रहरी बल, नेपालले उच्च व्यवसायिकता, अनुशासन र ईमान्दारिताका साथ राज्यप्रदत्त कार्यादेश सम्पादन गर्दै आईरहेको र सशस्त्र प्रहरी बल, नेपालले सम्पादन गर्र्नेे जिम्मेवारीमा थप कुशलता तथा दक्षता अभिवृद्धि गर्न आवश्यक जनशक्ति र साधनश्रोत व्यवस्थापन गर्दै संगठनको सुदृढिकरण गरी एक आधुनिक र व्यवसायिक सुरक्षा निकायको रुपमा विकास गर्न सरकार सदैव क्रियाशील रहेको र हाल विश्व लगायत नेपाल कोभिड–१९ को महामारीबाट गुज्रीरहेको विषम परिस्थितिमा समेत सोको नियन्त्रणका लागि नेपाल सरकारको नीति तथा निर्णय कार्यान्वयन गराउने सन्दर्भमा सीमित साधन र श्रोतका वावजुद सशस्त्र प्रहरी बल, नेपालले खेलिरहेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै राज्यले सुम्पिएको हरेक दायित्वलाई व्यवसायिक एवं अनुशासनका साथ सशस्त्र प्रहरी बल, नेपालले राष्ट्र र जनताको सेवामा आफ्नो जीवनलाई समाहित गरेको कुरा ईतिहास र वर्तमानले पुष्ट्याई गरेको उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापाले शुभकामना सन्देशमार्फत प्रशिक्षार्थीहरुले तालिमबाट सिकेका ज्ञान, कला र कौशलको उपयोग गरी भोलीका दिनमा देखापर्न सक्ने सुरक्षा चूनौतीहरुलाई मानवीय मूल्य र मान्यताप्रति प्रतिवद्व रही सुरक्षा सेवा प्रदान गर्न सफल रहने विश्वास व्यक्त गरेका छन् ।

समारोहमा महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान राष्ट्रिय अभियानलाई सफल पार्न र सुशासनको प्रत्याभुतिका लागि सशस्त्र प्रहरी बल, नेपाल सदैव क्रियाशिल रहेको भन्दै दिक्षीत अधिकृतहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गरे । ५८ हप्ता अवधिको उक्त तालिममा २१ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा मुस्ताङको मार्चे लेक

धौलागिरी हिमालको फेदीमा रहेको मुस्ताङको थासाङ गाउँपालिकास्थित मार्चे लेक । चौँरी, गाईभैँसी, भेडाबाख्राको

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको