ईदमा घरमै बसेर नमाज पढ्न मुश्लिम आयोगको अपील
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) विरुद्ध सामाजिक दुरी कायम गरी ईद पर्व मनाउन मुश्लिम आयोगले अपील गरेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सामाजिक दुरी कायम गरी ईद पर्व मनाउन मुस्लीम समुदायलाई अपील गरेका हुन् ।
अध्यक्ष अनसारीले कोरोना भाइरसका कारण ठूलो जोखिम रहेको वेला धर्म र आस्थालाई प्राथमिकतामा नराखी महामारीको सामना गर्न आग्रह गरे । उनले ईदका क्रममा आयोगको अपीललाई मानेर सबै मुश्लिम समुदायले घरमै नमाज पढ्नु अनुरोध गरे । उनले मस्जिदमा पाँच जनाभन्दा धेरै व्यक्ति सहभागी नहुन आग्रह समेत गरे ।