विवादास्पद एमसीसी पछाडिको ढोकाबाट नआओस्ः भीम रावल



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले एमसीसी चोर बाटोबाट पारित गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता रावलले राष्ट्रहित विपरितको एमसीसी सम्झौता चोर बाटोबाट पारित गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले एमसीसी पारित गर्नैपर्ने कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिलाई रावलले महाकाली सन्धीसँग तुलना गरे । उनले भने, ‘एक जना नेताले यहाँ भन्नुभयो यो पारित गर्नपर्छ । छिटो गर्नुपर्छ भनेर नेपाली कांग्रेसका नेताले । उहाँले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । महाकाली सन्धिको पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यसको न पुनरावलोकन भयो न कार्यान्वयन भयो ।’

नेता रावलले अन्तरदेशिय उद्योग धन्दा खोल्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख भएपनि कानूनमै नभएको उल्लेख नभएका कुरा गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाए । उनले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सरकारले नेपालको सम्पूर्ण भूभाग सहितको नक्सा सार्वजनिक गर्ने कुरा स्वागतयोग्य रहेको बताए । कांग्रेस सभापति देउवाले आइतबारको संसद बैठकमा एमसीसीका बारेमा यस्तो बताएका थिए ।

‘अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धी सम्झौता एमसिसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासिनता देखिएको छ। नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र जवाफदेहितासाथ सरकार अग्रसर हुन सकेको देखिएन। यही सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रियाअघि बढाउन म माग गर्दछु। पूर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उल्लंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने चेतावनी म दिन चाहन्छु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन कुण्ठाग्रस्त हुँदैछ नेपाली समाज ?

डा. गोविन्दशरण उपाध्याय । अहिलेको नेपाली समाज निरन्तर कुण्ठाग्रस्त (Frustration) हुँदैछ । दुईजना

बालबालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि ल्याइयो

काठमाडौँ । बालबालिकाका लागि क्यान्सर रोगको उपचारमा प्रयोग गर्ने औषधि ल्याइएको छ ।

संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय

बागलुङ । गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको

झापामा बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

झापा । माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को  सात करोड