विद्युतीय अपराधको आरोपमा पत्रकार पाठक पक्राउ
काठमाडौं । पत्रकार दीपक पाठक पक्राउ परेका छन् । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक संजालमा जथाभावी लेखेको आरोपमा पाठक पक्राउ परेका हुन् ।
पाठक रेडियो नेपालका संचालक समिति सदस्यसमेत हुन् । बिहीबार बिहान केन्द्रीय साइवर ब्यूरोले पाठकलाई नियन्त्रणमा लिएको हो । उनलाई साइबर अपराधमा म्याद थप्ने प्रहरीले तयारी गरेको छ । पाठक प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेको बताइन्छ ।