चिकित्सक कुटपिट प्रकरणः डिएसपी लम्साललाई जिम्मेवारीबाट हटाइयो



काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजका चिकित्सकमाथि कुटपिट गर्ने महाराजगंज प्रहरी वृत्तका डीएसपी उमेश लम्साललाई छानबिनका लागि जिम्मेवारीबाट हटाइएको छ ।

उनलाई छानबिनका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको छ । बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना चिकित्सकलाई कुटपिट गरेको आरोपमा अनुसन्धान गर्न लम्साललाई जिम्मेवारीबाट हटाइएको हो ।

महाराजगञ्ज वृत्तबाट खटिएको प्रहरीले कान्ति बाल अस्पताल पछाडि पैदल हिँडिरहेका त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहलाई आफूहरु चिकित्सक भएको भन्दा भन्दै कुटपिट गरेका थिए ।

नेपाल चिकित्स संघ लगायतले दोषीमाथि कारबाही नगरे देशभरको चिकित्सा सेवा प्रभावित हुने भन्दै चेतावनी दिएपछि लम्साललाई प्रहरीले जिम्मेवारीबाट हटाएको हो । घटनाको छानबिन गर्न एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

चिकित्सक कुट्ने प्रहरीमाथि कारबाही गर्न चिकित्सक संघको माग, प्रहरीले बनायो छानबिन समिति     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसका क्षेत्रीय सभापतिहरुलाई भैरहवामा दुई दिन प्रशिक्षण दिइने

भैरहवा । नेपाली कांग्रेसले देशभरि रहेका पार्टीका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  भक्तपुर । भक्तपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

गौतमबुद्ध विमानस्थलमा एक महिनामा ६ हजार यात्रु आगमन

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको

प्रतिफल नदिने आयोजनाहरूमा निर्ममतापूर्वक कैँची चलाउन सरकारलाई पूर्व अर्थसचिवहरुको सुझाव

काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरूसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ । पूर्व