चिकित्सक कुट्ने प्रहरीमाथि कारबाही गर्न चिकित्सक संघको माग, प्रहरीले बनायो छानबिन समिति



काठमाडौं । अस्पतालबाट घर फर्किरहेका तीनजना चिकित्सकमाथि प्रहरीले गएराति कुटपिट गरेको भन्दै चिकित्सकहरुले दोषीमाथि कारबाहीको माग गरेका छन् । राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ती जारी गरी दोषीमाथि कारबाहीको माग गरेको हो ।

अस्पतालको ड्युटी सकेर परिचयपत्र लगाएरै घर फर्किरहेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका तीन जना चिकित्सकलाई प्रहरीले कुटपिट गरेको हो । प्रहरीले त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहलाई लाठीचार्ज गरेको संघले जनाएको छ ।

अस्पतालबाट ड्युटी सकेर फर्किरहेका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको घटनाप्रति आप्नो ध्यानाकर्षण भएको भन्दै संघले डाक्टर हौँ भनेर जानकारी दिँदा दिँदै पनि भएको कुटपिट भएकाले दोषीमाथि कारवाहीको माग गरेको छ । त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का आवासीय डाक्टरहरुले ड्युटी सकेर फर्केका तीन जना डाक्टरमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गरेका छन् ।

रेजिडेन्ट एसोसिएसन अफ न्याम्सले बिहीबार विज्ञप्ति जारी गर्दै डाक्टरमाथि लाठीचार्ज र गालीगलौज गर्ने प्रहरीलाई कारबाही अगाडी बढाउन माग गरेको हो।

यसैबीच, चिकित्सकमाथि कुटपिटको घटना छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले तीन सदस्यीय छानबिन समिति बनाएको छ । कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो । समितिमा महानगरीय अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोला प्रथाबाट पेसी तोकिएको पहिलो दिनः भएन उत्साहप्रद सुनुवाइ

काठमाडौं । नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्च अदालतमा गोलाप्रक्रियाबाट आजदेखि मुद्दाको पेसी तोकी

कार्यपालिकालाई तपाईँहरुले जुन गुन लगाउनु भएको छ, त्यसको ऋण हामीले तिर्नुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कानुन व्यवसायीले लगाएको गुनको

‘राजा ज्ञानेन्द्रले बाटो पहिल्याउन नसकेका मात्रै हुन्, उनको नियतमा कुनै खोट थिएन’

केशवप्रसाद भट्टराई । १. २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम सरासर

कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, २५९ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको