कि यो कामदारलाई रोक्ने कतारको अनौपचारिक नीति त होइन ?



नारायण गाउँले ।

कतारले कोरोनाको कारण देखाउँदै नेपालबाट जाने यात्रुलाई कतार प्रवेशमा अस्थायी रोक लगाएछ, तर सरकारी तथ्याङ्क अनुसार नेपाल भने कोरोनामुक्त छ ।

यो हाम्रो तथ्याङ्क प्रतिको अविश्वास त होला नि ! कि सङ्क्रमण देखियो भने नियन्त्रण बाहिर हुनसक्ने ठानेर पहिल्यै रोक लगाएको होला ? सङ्क्रमण र मृत्यु पुष्टि भइसकेका कैयौं देशमाथि भने प्रतिबन्ध छैन । कि यो कामदारलाई रोक्ने अनौपचारिक नीति हो ?

चीनले बीसौँ हजारमा सङ्क्रमण र सयौंको मृत्यु पुष्टि हुँदा समेत त्यसकै कारण उड़ान रद्द गर्ने देशमाथि चीनलाई असहयोग र अपमान गरेको प्रतिक्रिया दिएको थियो । प्रचण्डले पनि पोखरा पुगेर यही कुरा दोहोऱ्याएका थिए ।चीनका पक्षमा त उनी बोले, तर एउटा पनि केस नभएको नेपाललाई कोरोनाकै कारण देखाएर प्रतिबन्ध लगाउनु देशको अपमान हो भनेर प्रचण्डले बोल्लान् या नबोल्लान् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित