२० हजार घुससहित वडासचिव पक्राउ
काठमाडौं। धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ का वडासचिव २० हजार घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा नम्बर २ का वडा सचिव सुशील ठाकिुर रहेका छन् ।
वडा सचिव ठाकुरले जन्म दर्ता प्रमाणित सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले उनलाई पक्राउ गरेको हो ।