चीनबाट उद्दार गरि ल्याइएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटी लगियो



काठमाडौँ । चीनको हुबेईबाट १७५ जना नेपाली घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरिएको हो ।

उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् । वुहानको अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयअनुसार करिब १० बजे उडेको विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए । तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेको दूतावासले जनाएको छ । दूतावासका अनुसार चार जनामा ज्वरो देखिएकाले र दुई जना उनीहरूको परिवारका सदस्य हुनाले उड्न नपाएका हुन् ।

वुहानबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा लगिएको छ । उनीहरुको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको हो ।

उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्याएका हुन् । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो ।

फोटो प्रदीपराज वन्तको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अवैध रूपमा विदेश पुगेका नेपालीकाबारेमा गृह र श्रम मन्त्रालयको समन्वयमा अध्ययन गर्दैछौंः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’

अब नेपाल रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छः प्रधानमन्त्री ओली

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने

‘भिजिट भिसा प्रकरणमा जोसुकै दोषी भएपनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तर्राष्ट्रिस्तरमा विश्वास दिलाउनुपर्छ’

काठमाडौं । राष्ट्रियसभाका सदस्य गंगाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन

मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

कमलकुमार बस्नेत, काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे